१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

सबै स्थानीय तहलार्इ उद्योग ग्राम स्थापना गर्न सरकारको आग्रह

२८ कात्तिक, काठमाडौं । सबै स्थानीय तहलाई उपलब्ध स्रोत, साधन तथा सीपमा आधारित हस्तकला लगायतका उद्योग ग्राम स्थापना गर्न अर्थमन्त्री डा युवराज खतिवडाले  आग्रह गरेका छन् ।

नेपाल हस्तकला महासंघले बुधबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले उद्योग ग्राम स्थापना गर्ने स्थानीय तहलाई आवश्यक आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउने घोषणा समेत गरे । खतिवडाले देशको हस्तकला लगायतका बौद्धिक सम्पत्ति चोरी हुन नदिन सरकारले बौद्धिक सम्पत्तिमाथिको अधिकारसम्बन्धि ऐन संशोधन प्रक्रिया अघि बढाएको पनि जानकारी दिए ।

हस्तकलासम्बन्धि बौद्धिक सम्पत्ति चोरी हुन नदिन आवश्यक सुझाव दिन पनि हस्तकला व्यवसायीहरुलाई खतिवडालेआग्रह गरे ।अर्थमन्त्री खतिवडाले नेपालबाट निर्यात् हुने हस्तकलाको यकिन तथ्यांक संकलन गर्ने काममा सहयोग गर्न पनि व्यवसायीहरुलाई सचेत गराए ।

प्रकाशित मिति : November 14, 2018 at 6:11 pm