७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

६ पुस, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख १९ हजार ८०० रुपैयाँ र तेजावी १ सुन १९ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन बिहीबार छापावाल सुन प्रतितोला १ लाख १९ हजार रुपैयाँ र तेजावी सुन १ लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : ६ पुष २०८०, शुक्रबार १२:१०