१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

एमाले नेता बस्याल ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दन मूल समारोह समितिको संयोजक

२ पुस, भैरहवा । यही पुस १५ मा हुने पूर्व राजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दन समारोह मुल समितिको संयोजमा नेकपा एमालेका नेता डा. रामप्रसाद बस्याल बसेका छन । गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा प्रमुखको उम्मेदवार समेत रहेका बस्याल पुस १५ मा ज्ञानेन्द्रको नागरिक अभिनन्दन समारोहको संयोजक बसेका हुन । एमाले लुम्बिनी प्रदेशको सल्लाहकार परिषद्का सदस्य समेत रहेका बस्यालले धर्म निरपेक्षता र प्रदेश संरचनाका विषयमा एमालेसँग असहमति राखेका छन ।

बस्यालले आफुले अझैपनि एमाले पार्टी छोडिनसकेको तर धर्म निरपेक्षता र प्रदेश संरचनाको विषयमा एमालेसँग असहमती रहेको बताएका छन । बस्यालले राप्रपाको राम्रो प्रभाव क्षेत्र रहेको भैरहवामा पूर्व राज्ञा ज्ञानेन्दको अभिनन्दनमा ३० हजार भन्दा बढि सर्वसाधारण सहभागी गराउने गरि तयारी भईरहेको समेत बताएका छन । बस्याल कुशल ब्यवसायी तथा राजनीतिज्ञ हुन् ।

प्रकाशित मिति : २ पुष २०८०, सोमबार १६:२३