२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

समृद्धि फाइनान्सद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न


२९ मंसिर, काठमाडाैं । समृद्धि फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । समृद्धि फाइनान्सले शुक्रबार पुतलिसडक शाखाबाट वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । फाईनान्सले मासिक रुपमा सम्पन्न गर्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगतको कार्यक्रमहरुको सूची मध्ये मंसिर महिनाको लागि तय भएको कार्यक्रमहरुको रुपमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

विद्यार्थीहरुमा वित्तीय चेतना अभिवृद्धि गर्ने उद्देश्यले पद्मोदय उच्च माध्यमिक विद्यालय, रामशाह पथ काठमाडौंमा कक्षा १२ का ५० जना विद्यार्थिलाई वित्तीय साक्षरता कार्यक्रम आयोजना गरी सफलतापुर्वक सम्पन्न गरेको छ । त्यस्तै मंसिर २३ गते शनिबारको दिन मधुवन शाखाले वराहक्षेत्र ११ का ५६ जना स्थानिय बासिन्दालाई रेमिट्यान्स सम्बन्धित वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको थियो ।

नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनीले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार १५:५०

https://srdb.com.np/