३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

धनुषामा नग्न अवस्थामा बालिकाको शव फेला, बलात्कारपछि हत्याको आशंका

२९ मंसिर, महेन्द्रनगर (धनुषा) । धनुषामा एक बालिकाको हत्या भएको छ । सबैला नगरपालिका–९ कुसमहा सतोखरकी ६ वर्षीया बालिका राखी यादवको हत्या गरिएको हो

बालिकाको शव नग्न अवस्थामा सतोखर पोखरी नजिक खाल्डोमा जमेको पानीमा गए राति फेला परेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव निरीक्षक रञ्जन अवाले जानकारी दिए । बालिकाले लगाएका लुगा पोखरी छेउमा फेला परेको उनले बताए ।

बालिकाको बलात्कार गरी हत्या गरेको हुन सक्ने इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ । शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ । घटनामामा संलग्न भएको आशङ्कामा दुई जनालाई पक्राउ गरेको प्रवक्ता अवालेले बताए ।

प्रकाशित मिति : 11:05