७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२९ मंसिर, काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रबार पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा ३ सयले बढेर छापावाला सुन प्रतितोला एक लाख १९ हजार १ सय रुपैयाँ र तेजावी सुन तोलामा १ लाख १८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

 बिहिबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको  थियो । आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार १०:५७