१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

शैक्षिक योग्यता र नागरिकता कीर्ते गरेको आरोप लागेका सिग्देल रथीमा बढुवा

२८ मंसिर, काठमाडौँ । सरकारले शैक्षिक योग्यता र नागरिकता कीर्ते गरेको आरोप लागेका अशोक सिग्देल रथीमा बढुवा भएका छन । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सिग्देललाई रथीमा बढुवा गर्ने निर्णय गरेको हो । योसँगै सिग्देल भावी प्रधानसेनापतिको लाइनमा पुगेका छन । यसअघि प्रधानसेनापतिको लाइनमा रहेका उपरथी ताराध्वज पाण्डेले पदबाट राजीनामा दिएका थिए ।

४५औं प्रधानसेनापतिको रोलक्रममा रहेका सिग्देलले शैक्षिक योग्यता र नागरिकताका प्रमाणपत्रमा कीर्ते गरेर जन्ममिति सच्याएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। मंसिर ४ गते परेको उजुरीबारे छानबिन गरेर जानकारी गराउन अख्तियारले गत मंसिर ७ गते रक्षा मन्त्रालयलाई निर्देशन दिइसकेको थियो । वास्तविक जन्ममिति २०२१ साल चैत १९ गते भएका सिग्देलले शैक्षिक योग्यताको प्रमाणपत्र र नागरिकताको प्रमाणपत्रमा २०२३ माघ १९ गते बनाएको उजुरीमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहीबार १८:३०