२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

प्रोग्रेशिभ फाइनान्सले सेयरधनीलाई लाभांश नबाँड्ने


२८ मंसिर, काठमाडाैं। प्रोग्रेशिभ फाइनान्सले लाभांश नबाँड्ने भएकाे छ । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश नबाँड्ने घोषणा गरेको हाे ।

कम्पनीको गत मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने प्रस्तावसहित वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ।

बैठकले २०८०/३/ ३१ को वासलात, गत आवको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्तावसहित वित्तीय विवरणहरु अनुमोदनको लागि आगामी वार्षिक साधारण सभामा पेस गर्न स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहीबार १२:१६

https://srdb.com.np/