२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले घोषणा गर्यो लाभांश, नगद कति ?


२७ मंसिर, कठमाडाैं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७९/८० को मुनाफाबाट चुक्ता पूँजीको ५.०५ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि समेत) वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पूँजीको ९८ करोड १६ लाख ८३ हजार २ सय रुपैयाँ रहेको छ ।

नेपाल राष्ट्र बैंककाे स्वीकृति पछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार १०:०४

https://srdb.com.np/