३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

दुई कम्पनीले घोषणा गरे लाभांश, कुनको कति ?

२६ मंसिर, काठमाडाैं । दुई कम्पनीले लाभांश घाेषणा गरेका छन् ।  लुम्बिनी विकास बैंक र छिमेक लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका हुन् । यी कम्पनीले  गत आर्थिक वर्ष २०७९/ ०८० को सञ्चित मुनाफाबाट सेयरधनीका लागि वितरण गर्ने लाभांश घोषणा गरेका हुन् ।

१) लुम्बिनी विकास बैंक

लुम्बिनी विकास बैंकले गत आर्थिक वर्ष २०७९/०८० को सञ्चित मुनाफाबाट ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनकाे लागि ४.५० प्रतिशत नगद लाभांश गरी ८.५० प्रतिशत लाभांश दिने घोषणा गरेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र बैंककाे आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीले पाउने छन् ।

२) छिमेक लघुवित्त वित्तीय संस्था

छिमेक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/ ०८० को सञ्चित मुनाफाबाट सेयरधनीका लागि  ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनकाे लागि १० प्रतिशत नगद लाभांश गरी १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

प्रकाशित मिति : 12:35