१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

रूसी सेनामा २०० भन्दा बढी नेपाली छन् भन्ने जानकारी आएको छः प्रधानमन्त्री प्रचण्ड

२५ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रूसी सेनामा करिब २०० नेपाली नागरिक भर्ती भएको जानकारी सरकारले पाएको बताएका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भिजिट भिसा र अध्ययन भिसामा रूसमा पुगेका करिब २०० नेपाली रूसी सेनामा भर्ती भएको जानकारी पाएको र अहिले उनीहरुको खोजी भइरहेको बताएका हुन् ।

रुसी सेनामा गएका नेपालीहरू कोही युक्रेनको कब्जामा रहेको र केही युक्रेनी सेनामा पनि रहेको खुलेको बताए। उनले इजरायल र हमासमा १० जना नेपालीको ज्यान  गएकाे र १ जना बेपत्ता भएकाे भन्दै इजरायल हमास युद्धमा बेपत्ता विपिन जोशीको खोजी भइरहेको बताए ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार १६:२६