२४ आश्विन २०८१, बिहीबार | Fri Oct 11 2024

संसद सचिवालय महासचिवमा पदम पाण्डेको नाम सिफारिस

२४ मंसिर, काठमाडौं ।  संसद सचिवालयको महासचिवमा पदमप्रसाद पाण्डेको नाम राष्ट्रपति समक्ष सिफारिस भएको छ । संघीय संसदका महासचिव भरतराज गौतमले राजीनामा दिएपछि उनको स्थानमा पाण्डेकाे नाम सिफारिस भएकाे हाे ।

सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले आज राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर पाण्डेको नाम महासचिवमा नियुक्तिका लागि सिफारिस गरेका हुन् ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार १२:०२