१८ जेष्ठ २०८३, सोमबार | Mon Jun 1 2026

अमेरिकाको टेनेसीमा भीषण आँधीः ६ जनाको मृत्यु, २३ जना घाइते

२४ मंसिर, ह्युस्टन । अमेरिकाको टेनेसी राज्यमा आएको भीषण आँधीका कारण कम्तीमा छ जनाको मृत्यु हुनाका साथै २३ जना घाइते भएका छन् ।

शनिबार दिउँसो आँधीका कारण मोन्टगोमेरी काउन्टीमा दुई वयस्क र एक बालकको मृत्यु भएको थियो भने टेनेसीको राजधानी न्यासभिलको उपनगरमा थप तीन जनाको मृत्यु भएको थियो। मोन्टगोमेरी काउन्टी शेरिफको कार्यालयले सम्भावित खतराबाट सचेत रहन आग्रह गरेको छ ।

प्रकाशित मिति : December 10, 2023 at 2:18 pm