सेयर बजार ६ प्रतिशलते बढ्यो, आजलाई कारोबार बन्द
२४ मंसिर, काठमाडाैं । एकैदिन नेप्से सूचक ६ प्रतिशतले बढेपछि आजलाई सेयर कारोबार बन्द भएको छ। आइतबार बजार खुलेदेखि नै सेयर बजार लगातार बढ्न थालेकाे थियो भने डेढ घण्टा नबित्दै ६ प्रतिशतले बढेपछि कारोबार बन्द भएको हो।
आज कारोबार सुरु भएको ५ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट लगाउँदै २० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो । त्यसपछि खुलेको बजार पुनः केही मिनेटभित्रै ५ प्रतिशतले बढेपछि फेरि कारोबार स्थगित गरी दोश्रोपटक सर्किट लगाइएको थियो ।
दोश्रो सर्किटपछि ४० मिनेटका लागि स्थगित भएको बजारमा कारोबार पुनः सुरु भएको केही मिनेटमै उछाल आउँदै बजार ६ प्रतिशतको बढोत्तरीसँगै तेश्रो पटक सर्किट लगाउँदै नेप्सेले आजको बाँकी अवधिको कारोबार रद्द गरेको हो ।
आज नेप्से परिसूचक १११.२० अंकले बढेर १९६३.९८ को विन्दूमा पुगेको छ । यो अवधिमा ४८ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।
प्रकाशित मिति : २४ मंसिर २०८०, आईतवार १२:१८












