२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

१०-१५ हजारकाे सिमा राखेर आन्तरिक रेमिट्यान्स खोल्छौ: गभर्नर अधिकारी

२२ मंसिर, काठमाडाैं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आन्तरिक रेमिट्यान्सलाई सानाे आकारमा मात्रै खोलिने बताएका छन्। मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछिको पत्रकार सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।

आन्तरिक रेमिट्यान्स खुलाउनेबारे राष्ट्र बैंकलाई आग्रह आएको र यसबारे अध्ययन गरेर कारोबार रकमको सीमा निक्यौल गरिने गभर्नर अधिकारीले बताए । “आन्तरिक रेमिट्यासको कारोबारमा कति रकम भन्नेबारे अध्ययनपछि मात्रै तय हुनेछ । तर मलाई लाग्छ, त्यति ठूलो रकममा हुँदैन । रु १० देखि रु १५ हजारसम्मको हुनसक्छ”, अधिकारीले भने, “यसबारे रिक्वेस्ट र रिफ्रेन्स दुवै छ ।”

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार १७:३२