११ पुष २०८१, बिहीबार | Thu Dec 26 2024

नेपाल रिइन्स्योरेन्स र सिटिजन लाइफमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

२१ मंसिर, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.७३ अकंले बढेर १८५२.७७ बिन्दुमा बन्द भएको छ । बिहिबार २९९ कम्पनीको ९५ लाख ५ हजार ६०८ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ७९ करोड ९१ लाख ४६ हजार रुपैयाँको कारोबार भएको छ ।

आज सेयर बजारमा सुधार आउँदा नेपाल रिइन्स्योरेन्स कम्पनीको प्रमोटर सेयरको सबैभन्दा बढी कारोबार भएको छ । आज कम्पनीको ८६ करोड ८३ लाख ७८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, सिटिजन लाइफ इन्स्योरेन्सको ९ करोड ५४ लाख ६८ हजार हजार रुपैयाँ, सोनापुर मिनरल्सको ९ करोड २७ लाख ६१ हजार रुपैयाँ, माउन्टेन इनर्जी नेपालको ८ करोड ७६ लाख २८ हजार रुपैयाँ र ग्लोबल आइएमई बैंकको प्रमोटर सेयरको ८ करोड रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहीबार १५:२२