३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026

जापानका प्रधानमन्त्री किशिदाले सत्तारुढ दलको नेताबाट राजीनामा दिने

२१ मंसिर, टोकियो । जापानका प्रधानमन्त्री फुमियो किशिदाले सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) मा रहेको आफ्नो पार्टी प्रमुखको पदबाट राजिनामा दिने घोषणा गरेका छन् ।

राष्ट्रिय समाचार एजेन्सी क्योडोका अनुसार किशिदाले पार्टीको चौथो ठूलो गुट कोचीकाईको नेताको रूपमा आफ्नो राजीनामा घोषणा गर्ने तयारी गरेका हुन् ।

यस अघिका प्रधानमन्त्रीहरूले पदमा रहँदा आफ्नो गुट (समूह) को नेताबाट रताजीनामा दिने अभ्यास रहे तापनि किशिदा भने, सन् २०२१ अक्टोबरमा प्रधानमन्त्रीको पदभार ग्रहण गरेकाे भए तापनि गुटको नेताको रूपमा अझै सक्रिय छन् ।

प्रकाशित मिति : December 7, 2023 at 2:24 pm