११ पुष २०८२, शुक्रबार | Fri Dec 26 2025

दुई इन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

२० मंसिर, काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार सेयर बजारमा झिनो अंकको सुधार आएको छ । आज नेप्से ३.३३ अकंले बढेर १८४१.०४ बिन्दुमा बन्द भएको छ । बुधबार २९३ कम्पनीको ३७ लाख ५५ हजार १२४ कित्ता सेयर किनबेच हुँदा १ अर्ब १४ करोड १८ लाख १२ हजार रुपैयाँको कारोबार भएको छ ।

आज सेयर बजारमा सुधार आउँदा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ७ करोड ३३ लाख ८५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, सन नेपाल लाइफ इन्स्योरेन्सको ७ करोड ३० लाख १२ हजार हजार रुपैयाँ, माउन्टेन इनर्जी नेपालको ६ करोड १८ लाख २२ हजार रुपैयाँ, सिटिजन लाइफ इन्स्योरेन्सको ५ करोड ७७ लाख ५४ हजार रुपैयाँ र आइएमई लाइफ इन्स्योरेन्सको ५ करोड २५ लाख ७१ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार १५:१९