मितेरी डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा, लाभांश पाउन कहिलेसम्म किन्नुपर्छ सेयर ?
२० मंसिर, काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा बोलाए छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न १८ औँ साधारण सभा बोलाएको हो । बैंकको सभा पुस १४ गते, सुनसरी उद्योग वाणिज्य संघ, धरान १, सुनसरीमा बिहान ११ बजे बस्नेछ ।
सभाले हाल कायम चुक्ता पूँजीको ९.५० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज तथा एक्विजिशनसम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर २८ गतेदेखि पुस १४ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यसकाे अर्थ मंसिर २७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश गर्न सक्नेछन् ।
प्रकाशित मिति : December 6, 2023 at 9:49 am










