१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

अनलाइनमार्फत यौन व्यवसाय गर्ने दुई जना पक्राउ

१८ मंसिर, काठमाडौं । अनलाइनमार्फत यौन व्यवसाय गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । सोमबार प्रहरीले उक्त आरोपमा थप दुई जनालाई पक्राउ गरेको छ । यसअघि आइतबार पनि प्रहरीले काठमाडौंको विभिन्न ठाउँबाट साेही आरोपमा ५ जनालाई पक्राउ गरेको थियो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले काभ्रेको भुम्लु घर भई काठमाडौंको लाजिम्पाट बस्ने २७ वर्षका सुरेशकुमार श्रेष्ठ र काठमाडौं कलंकीका सुरज खड्कालाई पक्राउ गरेको हो ।

उनीहरुले अनलाइनमार्फत युवतीहरुको तस्वीर पठाउने, मोलमोलाइ गर्ने गरेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले जानकारी दिए । घटनाको विषयमा अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार १४:३३