२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

महुलीको हकप्रद शेयर मंसिर ११ देखि निष्कासन हुँदै

२७ कात्तिक, काठमाडाैँ । महुली लघुवित्त वित्तीय संस्थाले २ बराबर १ (२ः१) अनुपातमा मंसिर ११ गतेदेखि पुस १६ गतेसम्म हकप्रद शेयर निष्कासन गर्दैछ । कम्पनीले शेयरधनीका लागि प्रतिशेयर एक सय अङ्कित दरको ३ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

दोस्रो बजारमा सोमवार रू. २ हजार ३ सय २० मा कारोबार भइरहेको कम्पनीको हकप्रद शेयर प्रतिकित्ता रू. १ सय अङ्कित दरमा खरीद गर्न पाइने छ । कम्पनीको कात्तिक २७ गते (आज)सम्म शेयर किन्ने वा शेयर स्वामित्व हुने शेयरधनी हुनेले हकप्रद शेयरमा खरीदको लागि आवेदन दिन सक्नेछन् ।

हकप्रद शेयर खरीदका लागि कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक सनराइज क्यापिटल, महुली लघुवित्त वित्तीय संस्थाका सम्पूर्ण शाखा कार्यलयहरुबाट र आस्वा सदस्य बैङ्क तथा वित्तीय संस्थाहरुका शाखामा आवेदन दिन सकिन्छ ।

हकप्रद शेयर निष्कासनपछि कम्पनीको चुक्तापूँजी रू. ९ करोड पुग्नेछ । हकप्रद शेयर निष्कासनको लागि नेपाल धितोपत्र बोर्डबाट असोज १४ गते स्वीकृति पाएको थियो ।

प्रकाशित मिति : २७ कार्तिक २०७५, मंगलवार ११:५३