इमर्जिङ्ग नेपालको साधारणसभाले पारित गर्यो ८.४२ प्रतिशत लाभांश
१५ मंसिर, काठमाडाैं। इमर्जिङ्ग नेपाल लिमिटेडको आठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीकाे साधारणसभा शुक्रबार सम्पन्न भएकाे हाे ।
सभाले सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरिएकाे ८.४२ प्रतिशत लाभांश पारित गरेको छ ।साथै, सभाले कम्पनीको गत आर्थिक वर्ष २०७९/०८० को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरणलगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत पारित गरेको छ ।
प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार १५:२५












