२१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026

अमेरिकी डलरको भाउमा नयाँ रेकर्ड, नेपाली रुपैयाँ निरन्तर कमजोर बन्दै

१५ मंसिर, काठमाडौं ।  अमेरिकी डलरको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार एक अमेरिकी डलरको बिक्रीदर मूल्य १३३ रुपैयाँ ७४ पैसा पुगेको छ भने खरिददर मूल्य १३३ रुपैयाँ १४ पैसा कायम भएको छ । डलरको यो मूल्य अहिलेसम्मकै उच्च हो ।

अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर बन्दा नेपाली रुपैयाँ समेत कमजोर भएको हो।भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ। यसले गर्दा भारु कमजोर हुँदा नेपाली रुपैयाँ समेत कमजोर भएको हो। पछिल्लो समय डलरको भाउले एक पछि अर्को रेकर्ड बनाउदै गएको छ।

प्रकाशित मिति : December 1, 2023 at 11:43 am