१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

सशस्त्र प्रहरीद्धारा भन्सार छलीको सात लाख बराबरको सामान बरामद

१४ मंसिर, काठमाडाैँ । सशस्त्र प्रहरी बलले भन्सार छलीको सात लाख बराबरको सामान बरामद गरेको छ । महोत्तरीको सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म रघुनाथपुरबाट खटिएको टोलीले सात लाख मूल्य बराबरको सामान बरामद गरेको हो ।

सशस्त्र प्रहरी बलको टोलीले भन्सार छली गर्दै ल्याउन लागेको झण्डै ७ लाख मूल्य बराबरको अबैध सामान बरामद गरेको हो । महोत्तरीको सोनमा गाउँपालिक–३ स्थित प्रस्तावित सीमा सुरक्षा गुल्म रघुनाथपुरबाट सशस्त्र प्रहरी नायव उपरीक्षक महेश खरेलको कमाण्डमा खटिएको टोलीले भन्सार छलेर ल्याउँदै गरेको अन्दाजी ६ लाख ८२ हजार ७ सय मूल्य बराबरको लत्ताकपडा र हार्डवेयरका सामग्री बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ । बरामद सामग्री आवश्यक कारबाहीका लागि भन्सारमा पठाइएको प्रहरी नायव उपरीक्षक खरेलले जानकारी दिए ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहीबार २०:४८