२४ माघ २०८१, बिहीबार | Thu Feb 6 2025

कालोसूचीमा रहेका व्यक्ति वा फर्मले बैंक खाता खोल्न नपाउने, राष्ट्र बैंकले जारी गर्यो निर्देशन

१३ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको लागि नयाँ निर्देशन जारी गरेको छ । राष्ट्र बैंकको नियमन विभागले बुधबार वाणिज्य बैंक, विकास बैंक र फाइनान्सको लागि नयाँ निर्देशन जारी गरेको हो ।

 राष्ट्र बैंकले कर्जा सुविधा उपलब्ध गराउनको लागि जमानत दिने व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्था कालोसूचीमा पर्ने सम्बन्धी व्यवस्थामा संशोधन गरेको छ । अब बैंकहरुले जमानतदातालाई कालोसूचीमा समावेश गर्नुपूर्व ऋणीले सुरक्षणस्वरुप राखेको धितो लिलाम गरी कर्जा असुली गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

यस्तो सुरक्षणबाट भएको असुली पर्याप्त नभई बैंकको लेना रकम बाँकी रहेमा सोको भुक्तानीका लागि जमानतदातालाई ९० दिनको समय प्रदान गर्नुपर्नेछ । सो सूचना अवधिपश्चात मात्र जमानतदातालाई कालोसूचीमा समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ। यसअघि यो अवधि ३५ दिन थियो ।

यसैगरी, अब कालोसूचीमा परेका व्यक्ति, फर्म, कम्पनी, संस्थाले बैंक तथा वित्तीय संस्थामा खाता खोल्न पाउने छैनन्। तर, कानूनबमोजिम सामाजिक सुरक्षा भत्ता एवम् पेन्सन रकम प्राप्त गर्ने प्रयोजनको लागि भने पाउने छन्

यस्ताे छ राष्ट्र बैंकले जारी गरेकाे निर्देशन

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार १५:२५