१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

लागुऔषधसहित चन्द्रागिरिबाट दुई जना पक्राउ

१२ मंसिर, काठमाडौँ ।  चन्द्रागिरि नगरपालिका–२ स्थित चेक प्वान्टबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब नौ ग्राम ५० मिलिग्रामसहित दुई जनालाई पक्राउ गरिएको छ  । झापाको बुधबारे गाउँपालिका– ५ का ३० वर्षीय सन्तोष तिवारी र सोही गाउँपालिका–३ का ३९ वर्षीय हरिबहादुर विकलाई पक्राउ गरिएको हो ।

भद्रपुरबाट काठमाडौँ आइरहेको बसलाई प्रहरी प्रभाग नागढुङ्गा र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट संयुक्त रूपमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई अन्डरवेयरभित्र तीन वटा पोकामा लुकाइ ल्याएको उक्त पदार्थसहित पक्राउ गरेको हो ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलवार १३:१७