१८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026

निरन्तर नयाँ रेकर्ड कायम गर्दै सुनको मूल्य, कति पुग्यो तोलाको ?

१२ मंसिर, काठमाडौं । नेपाली बजारमा साताको तेस्रो कारोबारको दिन मंगलबार पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।

नेपाल सुन चाँदी ब्यावसायी महासंघका अनुसार आज  सुन प्रतितोला ३०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १७ हजार ७०० रुपैयाँमा र तेजावी सुन प्रतितोला १ लाख १७ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार छापावाल सुन प्रतितोला १ लाख १७ हजार ४०० रुपैयाँमा र तेजावी सुन प्रतितोला १ लाख १६ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदी मूल्य स्थिर रहँदै १ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार पनि चाँदी १ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस दुई हजार १६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : November 28, 2023 at 11:21 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/