महालक्ष्मी विकास बैंक र महालक्ष्मीस्थान व्यवस्थापन समिति बीच बगैंचाको मर्मत गर्न समझदारी
११ मंसिर, काठमाडाैं। महालक्ष्मी विकास बैंकले ललितपुर महानगरपालिका-५ स्थित महालक्ष्मी मन्दिरमा रहेको महालक्ष्मी स्वस्तिक बगैंचाको मर्मत कार्य गर्न महालक्ष्मीस्थान व्यवस्थापन समितिसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।
महालक्ष्मीस्थान व्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम ढुङ्गाना र कम्पनीको निक्षेप बजारीकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख बसन्त बक्सीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
महालक्ष्मी मन्दिर परिसरको प्राकृतिक सौन्दर्यलाई अभिवृद्घि गर्नुका साथै मन्दिरमा दशर्न गर्न आउने दर्शनार्थीहरुलाई स्वच्छ तथा शान्त वातावरणको अनुभूति प्राप्त गर्न मद्दत पुर्याउने उद्देश्यले कम्पनीले उक्त बगैंचा मर्मत गर्नका लागि उक्त सम्झौता गरेको हो ।कम्पनीले २०७७ सालमा पनि बगैंचाको पुनर्निर्माण गर्नुका साथै निरन्तर मर्मत कार्य गर्दै आईरहेको छ बताएको छ ।
कम्पनीले इच्छुक दर्शनार्थीहरुलाई मन्दिरमा डिजिटल दान/भेटी प्रदान गर्न सहजता पुर्याउने हेतुले क्युआर कोडको पनि व्यवस्था गरेको छ । आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने पनि कम्पनीले बताएको छ ।
विगत देखि नै ग्राहकहरुको आम्दानीमा उच्चप्रतिफल दिन प्रतिद्ध रहिआएको यस बैंकले आम ग्राहकको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै अझै थप गुणस्तरिय वित्तीय सेवा प्रदान गर्ने प्रतिवद्धता जनाएको छ ।
प्रकाशित मिति : November 27, 2023 at 4:37 pm









