८ कार्तिक २०८१, बिहीबार | Thu Oct 24 2024

सोनापुर र रिलायबल नेपाल लाइफमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

११ मंसिर, काठमाडाैं ।  साताको दोसो कारोबारको दिन सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ११.२७ अंकले घटेर एक हजार ८ सय ९६ दशमलब ६७ विन्दुमा बन्द भएको छ । सेयर बजारमा गिरावट आएसँगै आज कारोबार रकम पनि घटेको छ ।  आज एक अर्ब ७५ करोड ४७ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज सेयर बजारमा गिरावट आउँदा सोनापुर मिनरल्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको यस दिन ७ करोड ७७ लाख ६३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ७ करोड ६० लाख ६५ हजार रुपैयाँ , सिटिजन लाइफ इन्स्योरेन्सको ६ करोड ४८ लाख ४९ हजार रुपैयाँ, प्रभु बैंकको प्रकोटर सेयरको ५ करोड २६ लाख ७१ हजार रुपैयाँ र शिवम् सिमेन्टको ५ करोड १६ लाख ६१ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार १५:२५