छुट्ला है ! एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
११ मंसिर, काठमाडौं । युनिलिभर नेपाल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज मंसिर ११ गते, सोमबार, अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली मंसिर १२ गते बुकक्लोज गर्ने भएको छ ।
यसको अर्थ आजसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीहरुले मात्र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न र कम्पनीको साधारण सभामा सहभागि हुन सक्नेछन्। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई प्रतिकित्ता १ हजार ५८० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने भएको छ । सोही लाभांश पारित गर्न कम्पनीले मंसिर २६ गते ३० औं साधारणसभा बोलाएको छ।
प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार ०९:३४












