२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

सर्वसाधारणका लागि मुक्तिनाथ कृषि कम्पनीको आईपीओ बिक्री खुला, कति पर्छ मूल्य ?

८ मंसिर, काठमाडौं। मुक्तिनाथ कृषि कम्पनी लिमीटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँ बराबरको सेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये, कम्पनीले पहिलो चरणमा १० प्रतिशतले हुन आउने १ करोड ४० लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यको १ लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँड गरिसकेको छ ।

अब दोस्रो चरणमा कम्पनीले ४२ हजार कित्ता सेयर कर्मचारीहरु र ७० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ । बाँकी रहेको ११ लाख ४८ हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । उक्त आईपीओमा सर्वसाधारणले न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्मका लागि छिटोमा मंसिर १२ गतेसम्म र ढिलोमा मंसिर २२ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा  एनआइएमबि एस क्यापिटल रहेको छ । लगानीकर्ताले आईपीओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : 09:24