२ पुष २०८२, बुधबार | Thu Dec 18 2025

वर्दियामा बाख्रा चराउन गएकी ११ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

२६ कात्तिक, बर्दिया । वर्दियाको बढैयातालमा बाख्रा चराउन गएकी ११ वर्षीया बालिका बलात्कृत भएकी छिन । प्रहरीका अनुसार भैँसी चराउन अाएका दुर्इ जना भारतीय नागरिकले ती बालिकालार्इ बलात्कार गरेका हुन । बढैयाताल–८ की ती बालिका बाख्रा चराउन जंगल गएको बेला बलात्कारमा परेकी हुन् ।

बर्दियाका एसपी मोहनप्रसाद मैनालीका अनुसार बलात्कार गर्नेहरुलाई एक घण्टाभित्रै पक्राउ गरिएको छ । उनले बलात्कारमा संलग्न व्यक्तिहरु १८ वर्ष मुनिका भएकाले उनीहरुको परिचय गोप्य राखेको जानकारी दिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण गराएको र उनको अवस्था खतरामुक्त रहेको बर्दिया प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७५, सोमबार १२:२८