२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

मुक्तिनाथ कृषि कम्पनीको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

७ मंसिर, काठमाडाैं। मुक्तिनाथ कृषि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँड भएकाे  छ । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलको कार्यालयमा बिहीबार कम्पनीकाे आईपीओ बाँडफाँड भएको हो ।

कम्पनीकाे आईपीओमा ३१ हजार १९६ आवेदन प्राप्त भएको थियो ।जसमध्ये २ जना आवेदकहरुको आवेदन रितपुर्वक नदेखिएकोले रद्द भएको छ भने कुल ३१ हजार १९४ जना आवेदकहरुलाई योग्य मानेर सेयर बाँडफाँड गरिएको छ । कम्पनीकाे आईपीओकमा मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथाबाट बाँडफाँड गरिएकाे छ । गोलाप्रथाबाट बाँडफाँड गर्दा १४ हजार आवेदकले न्यूनतम १० कित्ताका दरले आईपीओ पाएका छन्।

कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई गत कात्तिक १० देखि कात्तिक २४ गतेसम्म १ लाख ४० हजार कित्ता सेयर निष्कासन गरेको थियो । कम्पनीकाे आईपीओ बिक्री प्रबन्धकको वेबसाइट   https://www.nimbacecapital.com/, मेरो सेयरको वेबसाइट  http://meroshare.cdsc.com.np/#/login र सिडिएसको वेबसाइट :   http://iporesult.cdsc.com.np/ बाट हेर्न सकिनेछ ।

प्रकाशित मिति : 12:31