१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

भरतपुरमा हातखुट्टा बाँधेरको अवस्थामा बोराभित्र महिला र पुरुषको शव भेटियो

६ मंसिर, चितवन । भरतपुर महानगरपालिका–१२ मिलनचोकस्थित कलवडमा आज एक पुरुष र एक महिलाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार अन्दाजी ३०–३२ वर्षको उमेरका उनीहरुको शव भेटिएको हो ।

शव दुईवटा बोरामा बाँधेर फालेको अवस्थामा भेटिएको हुँदा शङ्कास्पद भएको उनले बताए। हातखुट्टा बाँधेर बोरामा हालेर फालेको अवस्थामा शव भेटिएको र घटनाको अनुसन्धान सुरु गरिएको प्रवक्ता पण्डितले जानकारी दिए ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार १७:०१