१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

रिडी पावरका पूर्वअध्यक्ष गुरु न्यौपानेविरुद्ध विशेष अदालतमा मुद्दा दायर

६ मंसिर, काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले रिडी पावर कम्पनीका पूर्वअध्यक्ष गुरुप्रसाद न्यौपाने विरुद्ध मुद्दा दायर गरेको छ । कम्पनीको भित्री सूचनाका आधारमा सेयर खरिद बिक्री गरी गैरकानूनी लाभ लिएको आरोपमा विभागले  न्यौपानेविरुद्ध मुद्दा दायर गरेको हो ।

विभागले न्यौपानेविरुद्ध १ करोड ९९ लाख रुपैयाँ बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको हाे । विभागले  गत कात्तिक २३ गतेनै न्यौपाने विरुद्धको मुद्दा विशेष अदालतमा दर्ता गरेको हो ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार १६:५०