५ जेष्ठ २०८३, मंगलबार | Wed May 20 2026

डलरको भाउ हालसम्मकै उच्च, लगातार कमजोर बन्दै नेपाली मुद्रा

६ मंसिर, काठमाडाैं। अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दूमा पुगेको छ । बुधबारका लागि डलरको खरीद दर १३३.०८ रुपैयाँ र बिक्रीदर १३३.६८ रुपैयाँ पुगेको छ । मंगलबार अमेरिकी डलरको खरीद दर १३३.०५ रुपैयाँ तथा बिक्रीदर १३३.६५ रुपैयाँ रहेकाे थियाे ।

यसअघि गत कात्तिक २५ गते १ डलरको बिक्री दर उच्च विन्दुमा पुगेको थियो। त्यस दिन एक डलरको भाउ १३३ रुपैयाँ ६५ पैसा पुगेको थियो।भारतीय मुद्रा कमजोर हुँदा डलर महँगिएर नेपाली रुपैयाँ सबैभन्दा सस्तो स्तरमा झरेको हो। नेपाली रुपैयाँ र भारतीय मुद्राबीच स्थिर विनिमय दर छ।

प्रकाशित मिति : 12:58