सेयरधनीको हात खालि बनाउँदै ग्रामीण विकास लघुवित्तले बाेलायाे साधारणसभा
६ मंसिर, काठमाडाैं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारणसभा बाेलाएकाे छ । कम्पनीको मंसिर ४ गते बसेको बैठकले मंसिर ३० गते वार्षिक साधारणसभा बाेलाएकाे हाे । सभा बुटवलस्थित कम्पनीको प्रधानकार्यालयमा बिहान ११ बजेबाट सुरू हुनेछ । सो सभामा भौतिक तथा भर्चुअल दुबै माध्यमबाट उपस्थिति जनाउन सकिने लघुवित्तले बताएको छ।
कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ का लागि सेयरधनीलाइ लाभांश वितरण नगर्ने भएको छ । याे हिसावले सेयरधनीकाे हात खालि हुने भएकाे छ ।
सभाले अन्य लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशन सम्बन्धि आवश्यक कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गर्नेछ।
साधारणसभा प्रयोजनका लागि कम्पनीले मंसिर १४ गतेदेखि बुक क्लोजको मिति तोकेको छ । यसको अर्थ मंसिर १३ गतेसम्म नेप्सेमा काराेबार भइ कायम रहेका सेयरधनीले सभामा सहभागि हुन सक्नेछन् ।
प्रकाशित मिति : November 22, 2023 at 12:26 pm









