६ आश्विन २०८१, आईतवार | Mon Sep 23 2024

मंगलबार पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

५ मंसिर, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १६ हजार २०० रुपैयाँ र  तेजावी सुन प्रतितोला १ लाख १५ हजार ६५० रुपैयाँमा कारोबार भएको छ ।

अघिल्लो कारोबार दिन सोमबार छापावाला सुन प्रतितोला १ लाख १५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलवार ११:३०