६ आश्विन २०८१, आईतवार | Mon Sep 23 2024

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

४ मंसिर, काठमाडौं। साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख १५ हजार ७०० रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख १५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको

अघिल्लो कारोबार दिन आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, आज चाँदीको मूल्य भने स्थिर रहेको छ। यो दिन चाँदीको मूल्य प्रतितोला १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार ११:५३