१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

पप्पु कन्स्ट्रक्सनका हरिनारायण रौनियार अब एमालेमा, ओलीले भोलि स्वागत गर्ने

४ मंसिर, काठमाडौँ । चरम विवादित ठेकेदार हरिनारायण रौनियार भोलि नेकपा एमालेमा प्रवेश गर्ने भएका छन । पर्सा क्षेत्र नम्बर ३ बाट यसअघि प्रतिनिधिसभामा विजयी समेत भएका रौनियार भोलि पर्साको पोखरियामा हुने एमालेको पार्टी प्रवेश कार्यक्रमबाट एमाले प्रवेश गर्न लागेका हुन ।

भोलि मंसिर ५ गते मंगलबार पर्साको पोखरीयमा हुने एमालेको पार्टी प्रवेश कार्यक्रमा बारा, पर्सा र रौतहटका विभिन्न पार्टीका नेता कार्यकर्ता प्रवेश गर्ने कार्यक्रम रहेको छ । रौनियारको पप्पु पप्पु कन्स्ट्रक्सन नेपाल सरकारको कालोसचूीमा रहेको छ । उनी जनता समाजवादी पार्टीमा रहेका थिए ।

उनको पप्पु कन्स्ट्रक्सनविरूद्ध भ्रष्टाचार मुद्दा छ भने उनी आफैँ बिरूद्ध पनि बाँकेमा ठगी मुद्दा रहेको छ । कन्स्ट्रक्सन चरम विवादित बद्नाम भएपछि त्यसको जिम्म राैनियारले छोरालाइ दिएका छन ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार ११:२१