१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

किसान लघुवित्तको खराब कर्जा बढ्यो, प्रतिसेयर आम्दानी ऋणात्मक


३ मंसिर, काठमाडाैं। किसान लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा संस्थाले ४ करोड २१ लाख रुपैयाँ सञ्चालन घाटा व्यहोर्नुपरेको छ। अघिल्लो वर्ष पनि संस्थाले ४ करोड ३७ लाख रुपैयाँ सञ्चालन घाटा व्यहोरेकाे थियो।

प्रथम त्रैमासको संस्थाको खुद ब्याज आम्दानी भने बढेर ५ करोड ८ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्षकाे यही अवधिमा संस्थाले ४ करोड ३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

याे अवधिमा कम्पनीकाे खराब कर्जा अनुपात बढेर ८.५५ प्रतिशत पुगेको छ। अघिल्लो वर्षकाे यही अवधिमा कम्पनीकाे खराब कर्जा अनुपात ५.९५ प्रतिशत थियो।

समीक्षा अवधिमा संस्थाले ४ अर्ब ५९ करोड रुपैयाँ सापटी लिई ६ अर्ब ३३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। चुक्तापुँजी ५० करोड ४३ लाख रुपैयाँ रहेको संस्थाको रिटेन्ड अर्निङ ५ करोड ४८ लाख रुपैयाँ ऋणात्मक रहेको छ। संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ८.३५ रुपैयाँले ऋणात्मक रहेको छ। प्रतिसेयर नेटवर्थ ११८.७ रुपैयाँ रहेको छ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आईतवार १५:१९