बैंक तथा वित्तीय संस्थामा ४० करोड राख्दै राष्ट्र बैंक
३ मंसिर, काठमाडाैं। नेपाल राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको ४० करोड रुपैयाँ मुद्धती निक्षेपमा राख्ने भएको छ । केन्द्रीय बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो।
केन्द्रीय बैंकले वाणिज्य बैंकहरुमा ३२ करोड रुपैयाँ, विकास बैंकहरुमा ६ करोड रुपैयाँ र वित्त कम्पनीहरुमा २ करोड रुपैयाँ गरी कुल ४० करोड रुपैयाँ राख्न लागेको बैंकले एक सूचना जारी गर्दै जनाएको छ ।
उक्त निक्षेप २०८० मंसिर १० गतेदेखि २०८१ मंसिर १० गतेसम्म ३६६ दिने अवधिको लागि राख्न लागेको सूचनामा उल्लेख छ । बैंक तथा वित्तीय संस्थाले उक्त निक्षेप लिनका लागि आगामी ६ गतेसम्ममा ब्याजदर प्रस्ताव पेश गर्नुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।
प्रकाशित मिति : ३ मंसिर २०८०, आईतवार १२:४५