१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

ग्रीन डेभलपमेण्ट बैंकको डीसीईओमा प्रकाश गुरुङ नियुक्त


३ मंसिर, काठमाडाैं। ग्रीन डेभलपमेण्ट बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा प्रकाश गुरुङ नियुक्त भएका छन् । दुई दशकभन्दा लामो बैंक तथा वित्तीय क्षेत्रमा कार्य अनुभव रहेका गुरुङलाई सञ्चालक समितिको बैठकले नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

गुरुङले यसअघि साईन रेसुङ्गा डेभलपमेण्ट बैंकको नायव प्रमुख कार्यकारी अधिकृत तथा पोखरा फाइनान्सको सञ्चालकको भूमिकामा रही कार्य सम्पादन गरिसकेका छन् । नवनियुक्त नायव प्रमुख कार्यकारी अधिकृत गुरुङ्गले यस बैंकको उच्च ब्यवस्थापनमा आबद्ध भई कार्य गर्ने अवसर प्राप्त गरेकोमा खुसी व्यक्त गर्दै बैंकलाई थप सबल र सुदृढ बनाउन आफ्नो अहंम भूमिका रहने बताए ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आईतवार १०:२९