६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

५ वर्षीया बालिकालार्इ बलात्कार गर्ने स्पन्दन राई पक्राउ

२५ कात्तिक, धनगढी । ५ वर्षीया बालिकालार्इ बलात्कार गर्ने ६८ वर्षीय वृद्ध पक्राउ परेका छन् । धनगढी उप–महानगरपालिका ४ कि ५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उदयपुर गाईघाट ४ स्थायी घर भएका ६८ वर्षीय स्पन्दन राईलाई जिल्ला प्रहरी कार्यालय कैलालीले शनिबार साँझ पक्राउ गरेको हो।

केही समयदेखि धनगढीमा आफन्तको घरमा बस्दै आएका राईले शनिबार घरमा कोही नभएको समयमा बालिकालाई बलात्कार गरेको आरोप लागेको छ । पीडित परिवारले प्रहरीलाई उजुरी गरेपछि प्रहरीले वृद्धलाई पक्राउ गरेको थियो।

अहिले बालिकाको स्वास्थ्य परिक्षण गरिएको र त्यसको रिर्पोटले बलात्कार भएको पुष्टी भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक आभूषण तिमिल्सेनाले बताए।

प्रकाशित मिति : November 11, 2018 at 4:05 pm