२ भदौ २०८३, मंगलबार | Tue Aug 18 2026

नेप्सेले गर्यो सिप्ला सेक्युरिटिजलाई निलम्बन

२४ कात्तिक, काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सिप्ला सेक्युरिटिज (स्टक ब्रोकर नं २०) लाई निलम्बन गरेको छ। नेप्सेले आज एक सूचना जारी गर्दै सिप्ला सेक्युरिटिजलाई निलम्बन गरिएको जनाएको हो ।

सीडीएससीले नेप्सेमा बिहीबार पत्र पठाउँदै तोकिएको समयावधिभित्र राफसाफ तथा फर्छ्यौट कार्य नगरेको भन्दै सिप्ला सेक्युरिटिजलाई निलम्बन गर्न सिफारिस गरेको थियो। सीडीएससीकै सिफारिसमा नेप्सेले सिप्ला सेक्युरिटिजलाई ३ कार्यदिनका लागि निलम्बन गरेको नेप्से स्रोतले जनाएको छ ।

प्रकाशित मिति : November 10, 2023 at 4:59 pm