साइबर अपराधमा संलग्न नेताको पक्षमा नेविसंघद्धारा काभ्रेका विद्यालय बन्दको घोषणा
२४ कात्तिक, काठमाडाैँ । नेपाल विद्र्यार्थी संघले साइबर अपराधमा संलग्न अाफ्ना नेताका लागि काभ्रेका विद्यालय बन्द गर्ने घोषणा गरेको छ । प्रधानमन्त्रीको तस्वीर विगारेर फेसबुकमा शेयर गरेको आरोपमा तपेश्वर उच्च माध्यामिक विद्यालय काभ्रेका ईकाइ अध्यक्ष कृष्ण ढकाल पक्राउको बिरोधमा नेपाल विद्यार्थी संघले यही कात्तिक २५ र २६ गते सबै विद्यालय बन्द गर्ने निर्णय गरेको अध्यक्ष नैनसिंह महरले बताए । उनले साइबर अपराधलार्इ अन्जानमा गरेको भनेर बयान दिएपछि छाडिदिनुपर्ने बताएका छन ।

१६ वर्षीय ढकालले कुकुर तिहारको दिनमा कुकुरको टाउको जोडिएको फेसबुक वालमा आएको फोटो सेयर गरेका थिए । ढकाललाई रिहा गर्न माग गर्दै नेवि संघले कात्तिक २५ र २६ गते काभ्रेका सम्पूर्ण विद्यालय बन्द गर्ने, २६ गते ७७ वटै जिल्लामा प्रधानमन्त्रीको पुत्ला दहन गर्ने र २८ गते सबै जिल्ला सदरमुकाममा २ घण्टा चक्का जाम गर्ने लगायतका कार्यक्रम सार्वजनिक सार्वजनिक गरेको छ ।
प्रकाशित मिति : २४ कार्तिक २०७५, शनिबार २१:३०












