१७ बैशाख २०८३, बिहिबार | Fri May 1 2026

बारामा बलेराेमा ट्याक्सी ठाेक्किँदा तीन जनाकाे मृत्युु, दुई जना गम्भीर घाइते

२४ कात्तिक, बारा । बारामा ट्याक्सी दुर्घटनामा तीन जनाकाे मृत्यु भएकाे छ । दुर्घटनामा दुर्ई जना घाइते भएका छन ।पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाराको निजगढको भमरा पुलमा ग १ च २३२५  नम्बरको  ट्याक्सी दुर्घटना भएको हाे ।

दुर्घघटनामा भक्तपुरका ट्याक्सी चालक समुद्र श्रेष्ठ, ट्याक्सीमा रहेका निजगढका आकाश माझी र विशाल माझीको मृत्युु भएको प्रहरीले जनाएको छ ।

ट्याक्सीमा रहेका निजगढका नरेश माझी र अर्जुन माझी घाइते भएका छन् । ट्याक्सी ग १ च २३२५ नम्बरको बोलेरो जीपसँग ठोक्किँदा भमरा पुलमा दुर्घटना भएको हो ।

प्रकाशित मिति : 17:37