२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

समृद्धि फाइनान्सले काठमाडाैंमा आयोजना गर्यो साइकल र्‍याली

२३ कात्तिक, काठमाडाैं। समृद्धि फाइनान्सले काठमाडाैंमा साइकल र्याली आयोजना गरेको छ । ‘जिवनको लागि स्वास्थ्य’ भन्ने नाराका साथ कम्पनीले निकालेको साइकल र्‍याली शंकरदेव कलेज हुँदै डिल्लीबजार, बागबजार, रत्नपार्क, भद्रकाली, सिंहदरबार, माइतिघर, बिजुलीबजार, बानेश्वर, थापागाँउ, अनामनगर हुँदैं पुनः शुरु भएको स्थानमा आएर समाप्त भएको थियो ।

सो र्‍यालीमा कम्पनीका अध्यक्ष ठाकुर प्रसाद भट्टराई, सञ्चालक विनोद कुमार सुवेदि, सञ्चालक जेवी हमाल, प्रमुख कार्यकारी अधिकृत टिका निधी लोहनीलगायतको सहभागिता थियो ।कम्पनीले आगामी कात्तिक २५ गने २२ औं वार्षिकोत्सव मनाउन लागेको बताएको छ ।

यस अवसरमा कम्पनीले कात्तिक १९ गतेदेखि २५ गतेसम्म वार्षिकोत्सव सप्ताह मनाउँदै विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गरिरहेको छ ।कम्पनीले हाल १३ वटा शाखामार्फत कारोबार गर्दै आएको छ भने आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, रेमिटान्स, क्लियरिङसहित मोवाइल बैंकिङ, डेबीट कार्ड, क्यूआर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।

प्रकाशित मिति : November 9, 2023 at 3:04 pm