१३ आश्विन २०८३, मंगलबार | Wed Sep 30 2026

कुखुराकाेे खाेरमा जुवा खेलिरहेको अवस्थामा भक्तपुरबाट ३३ जना पक्राउ

२४ कात्तिक, काठमाडौं । महानगरीय प्रहरी वृत्त जगातीको टोलीले जुवाखालबाट ३३ जनालाई पक्राउ गरेको छ ।

सूर्यविनायक नगरपालिका–१० चित्तपोलस्थित २५ वर्षीया प्रविण त्वातीले सञ्चालन गरेको कुखुरा फार्ममा जुवा खेलिरहेको अवस्थामा प्रहरीले १६ थान कौडासहित रु तीन लाख ८४ हजार २३० बरामद प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।

पक्राउ परेका सबैलाई थप अनुसन्धानसहित कारवाही प्रक्रिया अगाडि बढाएको उहाँले बताउनुभयो । रासस

प्रकाशित मिति : November 10, 2018 at 2:59 pm