सेयर बजारमा सामान्य सुधार आउँदा आज यी कम्पनी भयो सर्वाधिक कारोबार
२२ कात्तिक, काठमाडाैं । साताकाे चाैंथाे काराेबारकाे दिन बुधबार पनि सेयर बजारमा झिनाे अंककाे सुधार आएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.१६ अकंले बढेर १८६३.९३ बिन्दुमा बन्द भएको छ । आज २८८ कम्पनीको ३१ लाख ५७ हजार ६२ कित्ता सेयर किनबेच हुँदा ७८ करोड २७ लाख ४३ लाख रुपैयाँको कारोबार भएको छ ।
आज सेयर बजारमा सुधार आउँदा सोनापुर मिनरल्सको सबैभन्दा बढी कारोबार भएको छ । आज कम्पनीको ५ करोड ६० लाख ३५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, हिमालयन बैंकको प्रमोटर सेयरको ५ करोड २३ लाख २७ हजार रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको प्रमोटर सेयरको ३ करोड ६० लाख २९ हजार रुपैयाँ, सानिमा जिआईसी इन्स्योरेन्सको २ करोड ६४ लाख ६६ हजार रुपैयाँ र रिलायबल नेपाल लाइफको २ करोड ३८ लाख ३६ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार १५:१०












